सबै स्थानीय तहमा कर्मचारीलाई हाजिर गराउन संघीय मन्त्रालयको निर्देशन

स्वास्थ्यका कर्मचारी अलमलमा



Download our app to get more features

काठमाडौं, ९ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएका कर्मचारीलाई हाजिर गराउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ । 

प्रदेश तथा स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई हाजिर नगराएको भन्ने गुनासो कर्मचारीबाट आएपछि मन्त्रालयले ध्यानाकर्षण गराएको हो । मन्त्रालयले समायोजन भएका कर्मचारीलाई जिम्मेवारी दिन पनि सम्बन्धीत सबै मन्त्रालय र निकायलाई अनुरोध गरेको छ ।

यता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने समायोजन पत्र प्राप्त नहुन्जेल कार्यरत निकायबाट नै सेवा प्रवाह गर्न कर्मचारीलाई आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै कर्मचारीलाई समायोजन पत्र प्राप्त भएसम्म कार्यरत कार्यालय नछोड्न पनि निर्देशन दिएको थियो । 

समायोजनको क्रममा सबैभन्दा बढि विवादीत बनेको स्वास्थ्य क्षेत्रका कर्मचारी अझैं आन्दोलनमा र असन्तुष्ट रहेका कारण स्वास्थ्य मन्त्रालयलाई कर्मचारीलाई समायोजन भएको स्थानमा खटाउन भने चुनौतीपूर्ण बनेको छ । स्वास्थ्यका असन्तुष्ट कर्मचारीहरुले रोजेको स्थानमा समायोजन नभएपछि असन्तुष्टि जनाउँदै गुनासो दर्ता गराएपछि कुन स्थानमा गएर हाजिर हुने भन्नेमा अलमलमा परेका छन् ।

स्वास्थ्य सेवा तर्फका लगभग २८ हजार कर्मचारीको समायोजन भएको छ ।

Last modified on 2019-04-23 13:41:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts