देशभर २८ हजार फार्मेसी, ७ हजार अवैध, फार्मासिस्टको संख्या जम्मा दुई हजार



Download our app to get more features

काठमाडौं, ८  बैशाख । नेपालमा सञ्चालित औषधि पसलमध्ये सात हजार गैरकानुनी रुपमा सञ्चालनमा रहेको पाइएको छ । औषधि व्यवसायी संघको तथ्याङ्कमा २८ हजार ६ सयभन्दा बढी औषधि पसल सञ्चालनमा रहेको उल्लेख छ । तर यी सबै औषधि पसल औषधि व्यवस्था विभागमा भने दर्ता भएको देखिदैन । औषधि व्यवस्था विभागको तथ्याङ्क अनुसार २१ हजार ६ सय ५१ औषधि पसलमात्र दर्ता भएको देखाएको छ । त्सरी हेर्दा नेपालमा सात हजार औषधि पसल गैरकानुनी रुपमा सञ्चालनमा रहेको पाइन्छ । साथै यसरी गैरकानुनी रुपमा सञ्चालित औषधि पसललाई नियम अनुसार आवश्यक कारबाही गर्न समेत सरकार पछि परेको देखिन्छ ।

फर्मासिस्ट जम्मा दुई हजार

औषधि ऐन, २०३५ को दफा १७ मा औषधि बिक्री वितरण गर्दा फर्मासिष्ट वा फार्मेसी सहायकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ ।तर यस्तो अवस्था भने पाइएको छैन । एउटा फार्मेसीमा एकजना फार्मेसी सहायक पनि नभएको अवस्था  छ । यस्तो अवस्थामा नेपालको औषधि बिक्रिवितरणमा प्रभावकारी छ भन्न सकिदैन । देशभरी २८ हजार ६ सय औषधि पसल सञ्चालनमा रहेका छन् भने नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएका फार्मासिस्ट २ हजार सात सय ११ छन् ।

त्यसैगरी फार्मेसी सहायक ५ हजार ४७ रहेका छन् । देशभर कुल ७ हजार ७ सय ५७ फर्मासिष्ट वा फार्मेसी सहायक रहेका देखिएको छ । यसबाट पनि प्रष्ट हुन्छकी सबै औषधि पसलमा फर्मासिष्ट वा फार्मेसी सहायक छैनन् । फर्मासिष्ट वा फार्मेसी सहायकको उपस्थिति बिना बिक्री वितरण हुने औषधि तथा औषधि पसलबाट अाैषधिजन्य वस्तु बिक्रि गर्नु अवैध हाे । फर्मासिस्टको उपस्थिति नभई सञ्चालित औषधि पसलहरु यकिन गरि कारवाही गर्न सरकारले ध्यान दिएकाे छैन ।

Last modified on 2019-04-22 11:16:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts