नर्भिक अस्पतालको २६ औं वार्षिकोत्सवः २०२२ भित्र २५० शैयासहितको भवन बनाउने



Download our app to get more features

काठमाडौं ७ वैशाख । नर्भिक इन्टरनेशनल अस्पतालले आफ्नो स्थापनाको २६औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवका अवसरमा अस्पतालले रक्तसञ्चार केन्द्र (ब्लड बैंक) पनि सुरु गरेको छ ।

उक्त केन्द्रको व्यवस्थापनपछि बिरामी लगायत अन्य सर्वसाधारणलाई आवश्यकता पर्ने रगतको भण्डारण आफैसँग हुने, क्रस म्याच लगायतका सेवाहरु हुने तथा आकस्मिक समयमा बिरामीका ज्यान बचाउन समेत मद्दत पुग्ने अस्पतालले जनाएको छ ।   

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अस्पतालका अध्यक वसन्त चौधरीले आगामी तीन बर्षभित्र करिब २ अर्बको लगानीमा अत्याधुनिक २५० शैयासहितको अत्याधुनिक अस्पताले बनाउने जानकारी दिए ।

उनले भने ‘हाल १ सय ५० शैयायुक्त अस्पताल रहेको छ, अब आगामी सन् २०२२ भित्रै यसलाई २५० शैयायुक्त अति विशिष्ट हस्पिटलका रुपमा विकास गरिनेछ ।’

उनले करिब ५० जना कर्मचारीहरुद्वारा सुरुवात गरिएको २५ शैयाको नर्सिङ्ग होम हाल करिब ९०० चिकित्सकीय, गैर चिकित्सकीय सदस्यहरुको कर्मथलो बनेको समेत बताए । 

हस्पिटलका भौतिक र प्राविधिक पूर्वाधारहरु जतिसुकै बढेता पनि नर्भिकले सदैव बिरामीको सर्वोपरी हितलाई ध्यान दिने भन्दै चौधरीले भने, ‘नर्भिक हिजो बिरामीको सेवामा समर्पित थियो, आज पनि समर्पित छ र भोलि पनि सोही अनुरुप समर्पित रहनेछ ।’

अस्पतालका प्रतिष्ठित चिकित्सकहरुमध्ये अमेरिकन बोर्ड सर्टिफाइड स्नायु चिकित्सक तथा स्नायुरोग विभागीय प्रमुख डा. पङ्कज जलानले जस्तोसुकै चुनौतिहरुको पनि सामना गर्न नर्भिक सक्षम रहेको बताए ।

नर्भिक राष्ट्रकै एक उत्कृष्ट स्वास्थ्य सेवा प्रदायक संस्था भएको बताउँदै डा. जलानले यसप्रति सर्वसाधारणको अत्यन्त ठूलो आस्था र भरोसा रहेकामा यसलाई आफुहरुले सधैं कायमै राख्ने प्रतिवद्धता जायर गरे ।

सोही समारोहमा बोल्दै नर्भिकको पाचन प्रणाली उपचार केन्द्र तथा ग्याष्ट्रोइन्टेरोलोजी विभागीय प्रमुख बरिष्ठ चिकित्सक डा. मधु घिमिरेले नर्भिकले नेपाली चिकित्सा फाँटलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन जति काम गरेको छ, त्यति कुनै पनि नेपाली सरकारी र गैर–सरकारी अस्पतालहरुले गर्न नसकेको दाबी गरे ।


 

Last modified on 2019-04-21 14:43:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts