आजपनि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै



Download our app to get more features

काठमाडौं, ७ वैशाख । आजपनि देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम जारी छ । 

वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्तर्गत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम जारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

साथै १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइँदैछ ।

मन्त्रालयका अनुसार शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा पनि वितरण गरिँदैछ । 

देशभरका ७ सय ५३ स्थानीय तहले यो कार्यक्रम गर्ने जिम्मेवारी पाएका हुन् । प्रत्येक वडा–वडामा दुई वोटा बुथ राखेर स्वास्थ्यकर्मीद्वारा भिटामनि ‘ए’ र जुकाका औषधि खुवाइँदैछ । त्यसकारण कोहीपनि बालबालिका नछुटुन भनेर पनि सबैले ध्यान दिन पनि मन्त्रालयले आग्रह गरेको छ ।

Last modified on 2019-04-20 14:52:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts