स्वास्थ्य मन्त्रालयमा गुनासो दर्ता गराउनेको संख्या पाँच हजार



Download our app to get more features

काठमाडौं, ६ वैशाख । सरकारले समायोजनसम्बन्धी गुनासो दर्ताका लागि तोकेको समय को अन्तिम दिनसम्ममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गुनासो दर्ता गराउनेको संख्या करिब ५ हजार पुगेको छ । स्वास्थ्यका तर्फबाट गुनासो सुन्ने जिम्मेवारी पाएका मन्त्रालयका उपसचिव लीलाराज पौडेलले उक्त जानकारी दिएका हुन् । उनले भने ‘मन्त्रालयमा विभिन्न किसिमका गुनासो लिएर करिब ५ हजार कर्मचारीले दर्ता गरेको अनुमान छ, वास्तविक तथ्याङ्क संकलन गर्ने तयारी भइरहेको छ ।’

यसरी प्राप्त भएका गुनासाहरु संकलन, अध्ययन र विश्लेषण गरी प्रयाप्त कारण र आधार भएमा समायोजन संशोधन समेत हुने मन्त्रालयले बताएको छ । मन्त्रालयले कर्मचारी समायोजनका क्रममा केही गल्ति भएको भन्दै गुनासो फारम भर्नका लागि यही वैशाख पाँच गतेसम्मका लागि समयसिमा तोकेको थियो ।

गुनासो दर्ता गराउन आउनेहरु मध्ये धेरैले रोजेको ठाउँमा नपरेको बताएका छन् । उनीहरुले समायोजनले घर एक तिर र जागिर अर्काे तिर पारिदिएको गुनासो गरेका छन् । यस लगायत विभिन्न किसिमका गुनासो रहेको हुँदा फरक–फरक वर्गमा छुट्याएर हेरिने उपसचिव पौडलले बताए ।

मन्त्रालयले विज्ञप्तिमाफ्त सामायोजनको अन्तिम सूची प्रकाशन भई कार्यरत निकायमा समायोजनपत्र प्राप्त नभएसम्म जो जुन स्वास्थ्यसंस्था वा कार्यालयमा कार्यरत हो, सोही कार्यालयमा रहेर सेवाप्रवाह गर्न सबै कर्मचारीमा सूचित गरिएको छ । यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका चौथोदेखि सातौँ तहका करिब २७ हजार कर्मचारीको समायोजन गरेको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts