स्वास्थ्य मन्त्रालयको सचिवमा थपलिया

काठमाडौं, ५ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रामप्रसाद थपलियालाई स्वास्थ्य मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयका सचिव चन्द्र घिमिरेलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेर सो स्थानमा थपलियालाई पदस्थापन गरेको हो ।
मन्त्रिपरिषद् बैठकले वैशाख २ गते गरेका निर्णयहरु बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले थपलियालाई स्वास्थ्य मन्त्रालयको सचिवमा पदस्थापन गरिएको जानकारी दिएका हुन्।
यससँगै सरकारले विभिन्न मन्त्रालय सचिव र प्रदेश मन्त्रालयका सचिवहरुको पनि सरुवा गरेको छ ।
Last modified on 2019-04-19 07:50:11