पहिलो व्यवसायीक स्वास्थ्य म्यागजिनका सम्पादक श्रेष्ठको मृत्यु, मञ्चद्वारा दुःख व्यक्त



Download our app to get more features

काठमाडौं, ४ बैशाख । नेपालको पहिलो स्वास्थ्य म्यागेजिन साधना हेल्थका प्रधानसम्पादक पुस्करलाल श्रेष्ठको बुधबार मृत्यु भएको छ ।

कामना न्युज पब्लिकेशनका अध्यक्ष समेत रहेका श्रेष्ठको बुधवार १२ बजे नर्भिक अस्पतालमा निधन भएको हो । स्वास्थ्य पत्रकार मञ्च नेपालले श्रेष्ठको निधनप्रति विज्ञप्तिमार्फत गहिरो दुख व्यक्तव्य गरेको छ । करीव साढे पाँच महिना अघि नाकको उपचार र मिर्गौलाको पत्थरीको शल्यक्रिया गरेपछि उनको स्वास्थ्यमा विभिन्न समस्या समस्याहरु देखा पर्न थालेका थिए ।

श्रेष्ठलाई नेपालमा स्वास्थय पत्रकारीतालाई व्यवसायिक रुपमा अगाडि बढाउने श्रेय समेत जान्छ । श्रेष्ठको निधनले स्वास्थ्य पत्रकारीतामा अपूरणीय क्षति पुगेको भन्दै मञ्चले शोक वक्तव्य जारी गर्दै श्रद्धान्जली अर्पण गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts