राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी नै गम्भिर बन्नु आवश्यक



Download our app to get more features

रुपन्देही, ४ वैशाख । राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सबै स्वास्थ्यकर्मी नै गम्भिर बन्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । 

स्वास्थ्य कार्यालय रुपन्देहीले बुटवलमा शुरु गरेको खोप तथा कोल्डचेन व्यवस्थापन सम्बन्धि ४ दिने तालिमको शुभारम्भमा बोल्ने सरोकारवालाले सरकारको लक्ष्य र योजनालाई सार्थक बनाउनु सबैको दायित्व भएको बताए ।

नयाँ तथा पुराना स्वास्थ्यकर्मीहरुका लागि आयोजित तालिमले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन मदत मिल्ने अपेक्षा गरिएको छ । 

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केहर सिंह गोदारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशनलाल चौधरी, विश्व स्वास्थ्य संगठन एमुनाइजेशन प्रिभेन्टल डिजिजका प्रदेश कार्यालयका प्रमुख डा रामु शर्मा,प्रदेश स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्रका कोल्डचेन निरिक्षक हरि प्रसाद आचार्य लगायतले मन्तव्य राखेका थिए । 

५० जना सहभागि सो तालिममा स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणी ज्ञवाली, भेषराज शर्मा, कोल्डचेन निरिक्षक सुरेन्द्र द्वीवेदीले सहजीकरण गरेका छन् । 

रुपन्देहीमा १ बर्षमुनीका २१ हजार ७सय ५१ बालबालिका र २सय ७१ खोप केन्द्र रहेका छन् ।

Last modified on 2019-04-17 13:59:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts