पाप लाग्छ भन्दै मुगुका लामा समुदायले गर्दैनन् परिवार नियोजन



Download our app to get more features

मुगु, ४ वैशाख । मुगु जिल्लाको पुर्वि करान भेगमा बसोबास गर्ने लामा समुदायले परिवार नियोजन गर्दैनन् । मुगुमकार्मारोङ गाउँपालिकामा बसोबास गर्ने अधिकांश पुरुषहरुले स्थायी बन्ध्याकरण गर्न मान्दैनन् । मुगुमकार्मारोङ गाउँपालीको ९ वडा मध्ये ८ वडामा लामा समुदायको बसोबास रहेको छ । त्यस क्षेत्रमा बसोबास गर्ने लामा समुदायमा स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या शुन्य नै छ ।
 
मुगुमकार्मरोङ्ग गाँउपालिकामा रहेका ९ वटा वडामध्ये लामा समुदायको बसोबास गर्ने ८ वडाका पुरुष हरु कुल देउता रिसाउने  भन्दै यस्तो गर्न तयार नभएका स्थानीय बताउछन । स्थायी परिवार नियोजन गरे नियमित काम गर्न असजिलो हुने तथा धर्मले पनी स्थायी बन्ध्याकरण गरे पाप लाग्ने भन्दै उनीहरुले बन्ध्याकरण नगरेको मुगुमकार्मारोङ्ग गाउँपालीका वडा नं ६ का कार्मा छिरिङ लामाले बताए ।
 
अस्थायी साधन पनि प्रयोग गर्नु हुँदैन भन्ने अन्धविश्वास अझै छ महिलाका लागि अनेकौँ परिवार नियोजनका साधन भए पनि यहाँका महिलाहरु डिपो सुई मात्रै प्रयोग गर्छन् ।पुरुषहरुले घरबाहिर गएर व्यापार गर्नु पर्र्ने र वर्षभरी परिवार पाल्न टाँढा टाँढाबाट भारी बोकेर खाद्य र लत्ताकपडा ल्याउनु पर्छ । घरको सबै जिम्मेवारी खेतीपाती समेत लोग्ने मान्छेको काँधमा हुन्छ, त्यसैले यस क्षेत्रका पुरुषले परिवार नियोजन नगर्ने गरेका मुगुमकार्मारोङ्ग गाउँपालीका कार्यपालीका सदस्य आङ्गमु लामाले बताईन् ।
 
लामा भन्छिन् परिवार नियोजन गर्दाे कमजोर हुने भएकाले महिलाले मात्रै अस्थायी परिवार नियोजनका साधन डिपो सुई प्रयोग गर्ने गरेका छन । अस्थायी परिवार नियोजनका साधन मध्ये पनि महिलाले ३ महिने डिपो सुई लगाउने चलन बढीनै रहेको लामा बताउँछिन् ।  भगवानले बनाएको नियम हामीले तोडन मिल्दैन, फेरि हाम्रो धर्ममा स्थायी परिवार नियोजन गरेको व्यक्तिबाट भएको पूजाबाट भगवान बुद्घ खुसी नहुने मान्यता रहेको स्थानीयको भनाई छ । सधैँ घरमा पूजा गर्नुपर्छ । त्यसैले कसैले स्थायी परिवार नियोजन नगर्ने गरेका वडा नं ६ कै नाग्मेल लामाले बताए ।
 
यता मुगुमकामारोङ्ग गाउँपालीका स्वास्थ्य संयोजक सिङदल बुढाका अनुसार स्थायी बन्ध्याकरणका गर्न लामा समुदायका महिला पुरुष स्थास्थ्य संस्थामा आएको तथ्यांक नै छैन । महिलाहरुले भने अस्थायी परिवार नियोजनका साधन डिपो प्रयोग गर्ने र डिपो लगाउन आउने गरेका भएपनी पुरुष हरु परिवार नियोजन गर्न स्यास्थ्य संस्थामा आएको कुनै तथ्यांक नभएको संयोजक बुढाको भनाई छ 

Last modified on 2019-04-17 16:47:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts