नसर्ने दीर्घ रोगमध्ये दम अगाडि, दोस्रो र तेस्रोमा क्रमश मधुमेह र मिर्गौला



Download our app to get more features

काठमाडौं, ३ बैशाख । नेपालीहरुमा देखिने दीर्घरोग मध्ये सबैभन्दा बढि दमका रोगी रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले देशव्यापी रुपमा गरेको अनुसन्धानबाट दम रोग अग्रपंक्तिमा रहेको पाइएको छ ।

अनुसन्धानबाट ११.७ प्रतिशत व्यक्तिमा दमरोग भएको पाइएको छ । त्यसैगरी मधुमेह ८.६ प्रतिशतमा, मिर्गाैला ६ प्रतिशतमा र मुटुरोगको समस्या २.९ प्रतिशतमा रहेको देखिएको छ । सूर्तिसेवन, मादकपदार्थको सेवन, दमरोगको जोखिम, रगतमा चिनीको उच्च मात्रा, उच्च रक्तचाप महिलामा भन्दा पुरुषमा बढी देखिएको छ । यो अनुसन्धानबाट नेपालमा नसर्ने दीर्घ रोगहरुको भार बढी रहेको देखाएको छ । यसको समाधानको लागि रोगथामसम्बन्धि कार्यक्रम आवश्यक रहेको ठहर अनुसन्धानले देखाएको छ ।

नसर्ने दीर्घ रोगहरु विशेषगरी न्युन तथा मध्यम आय भएका राष्टहरुमा रोग र मृत्युको प्रमुख कारक तत्वका रुपमा रहेका छन् । नेपालको सन्दर्भमा यी दीर्घकालीन रोगहरु अन्य सरुवारोग, पोषण विमुखताको स्थिति र मातृ तथा शिशु अवस्थामा हुने मृत्युलाई पछि पार्दै प्रमुख कारणको रुपमा अघि देखिएका छन् ।

Last modified on 2019-04-17 08:47:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts