छाउगोठमा ज्यान गुमाउने महिलाको संख्या बढ्न थालेपछि नयाँ योजनाको तयारीमा सरकार



Download our app to get more features

काठमाडौं, ३ वैशाख । छाउगोठ बस्दा ज्यान गुमाउने महिलाको संख्या बढ्न थालेपछि सरकारले नयाँ नीति र कार्यक्रम ल्याउने तयारी थालेको छ ।

सुदुर र मध्यपश्चिमका विभिन्न जिल्लामा अझैंपनि छाउपडि प्रथा कायम रहँदा महिलाहरुले अकालमै ज्यान गुमाउने, विभिन्न स्वास्थ्य समस्या भोग्नु परेको भन्दै सरकारले नयाँ नीति र कार्यक्रम ल्याउन लागेको हो ।

सबैभन्दा बढि सुदुर र मध्यपश्चिम क्षेत्रमा छाउगोठ बस्दा महिलाहरुमा सरसफाईको अभाव र पोषणयुक्त खानाको पहुँच नहुँदा उनीहरुलाई विभिन्न स्वास्थ्य समस्या देखिने हुँदा र अकालमै ज्यान गुमाउनु पर्ने हुँदा सरकारले ती क्षेत्रका महिलालाई केन्द्रित गरेर नयाँ योजना र नीतिमा शंशोधन गर्ने तयारी गरेको हो ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रवक्ता राजेन्द्र पौडेलका अनुसार सरकारले छाउपडि विरुद्धको कानून ल्याएपनि त्यो खासै प्रभावकारी हुन नसक्दा त्यसलाई परिमार्जन र शंशोधन सहितको नयाँ नीति कार्यक्रम ल्याउने छलफल भइरहेको छ ।

कुनैपनि महिलाले अकालमै ज्यान गुमान नपरोस र उनीहरुले पाउनुपर्ने अधिकारको पनि हनन् नहोस् भनेर छलफल भइरहेको उनले बताए । 

उनले भने, ‘छाउपडि सम्बन्धी मानिसमा अझैंपनि पुरानै सोच भएका कारण यो प्रथा हटाउन समय लाग्ने हुनाले पनि वर्तमान कानून कार्यान्वयनमा समस्या भइरहेको छ ।’

उनले थपे, ‘सरकारले ल्याउन लागेको नयाँ संशोधित नीति र कार्यक्रममा मानिसमा पूरानो सोच अन्त्य हुने र जनचेतना आउने छ । जसले गर्दा महिलाले अकालमै ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य हुनेछ ।’

राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक अध्ययन अनुसार एक वर्षको अवधिमा सुदुर मध्य पश्चिम क्षेत्रमा १४ जनाको मृत्यु भइसकेको छ । तर, सरकारसँग भने यस विषयमा यकिन तथ्याकं छैन ।

Last modified on 2019-04-17 06:43:13


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts