अनावश्यक विद्युतिय मेसिनको प्रयोग गर्दा वंसाणुगत समस्या हुने सम्भावना बढिः विज्ञ

रुपन्देही, १ वैशाख । प्रदेश ५ का विभिन्न अस्पतालमा कार्यरत रेडियोग्राफरहरुको सहभागिता रहेको सचेतना कार्यक्रमका सहभागि विज्ञहरुले रेडियो विकिरणले रोग पत्ता लगाउन सहयोग गरेजस्तै विकिरण बढी भएमा क्यान्सर रोगदेखि वंशाणुगत समस्या हुने बताएका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा बुटवलमा पारमाणिक पदार्थ तथा रेडियोधर्मी श्रोतको सुरक्षित उपयोग सम्वन्धी सचेतना मा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
चिकित्सकहरुले स्वास्थ्यमा केही भईहाल्यो कि एक्सरे, भिडियो एक्सरे र सिटी स्क्यान गरी नहाल्न र चिकित्सकको शिफारिसमा मात्र त्यस्ता उपकरणको प्रयोग गर्न सझाब दिएका छन् । चिकित्सक तथा विज्ञहरुले एक्सरे तथा सिटी स्क्यानमा आउने रेडियो बिकिरण बढी भएमा क्यान्सर को असर भाविपुस्तामा समेत पर्ने बताए ।
बीर अस्पतालका मेडिकल फिजिष्टिक तथा रेडिएसन प्रोटेशन अफिसर डा. कञ्चन प्रसाद अधिकारीले चिकित्सकको शिफारिस बिना एक्सरे भिडियो एक्सरे वा सिटि स्क्यान गर्न नहुने बताए । सरकारले ऐन कानून नबनाएकाले नेपालका भएका यस्ता मेसिनहरुको परिक्षण समेत नहुने गरेकाले गुणस्तरमा पनि समस्या रहेको बताएका छन् ।
लुम्विनी प्रादेशिक अस्पतालका रेडियोलोजिष्ट डा. तारा प्रसाद शर्माले बिरामी वा सामान्य नागरीकसंगै स्वास्थ्यकर्मीहरुले पनि आफनो स्वास्थ्यप्रति सचेत रही सुरक्षाका उपायहरु अपनाउनु वताउदै एक्सरे मेसिन मापन गर्ने यन्त्र यस क्षेत्रमा नहुदा गुणस्तरहीन मेसिन समेत प्रयोग भईरहेकाले कतिपय समयमा सहित नतिजा नआउने गरेको बताए ।