स्वास्थ्य संस्थाको चरम लापरवाहीः क्षयरोगको नेगेटिभ रिपोर्ट दिनुपर्नेमा पोजेटिभ दिइयो



Download our app to get more features

 

काठमाडौं, ३० चैत । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको यो वर्षको वार्षिक प्रतिवेदनमा स्वास्थ्य संस्थाको चरम लापरवाहीहरुको अनुगमन फितलो भएको जनाएको छ ।

आफ्नो कार्यक्षेत्रभित्रका जनस्वास्थ्यसम्बन्धी संस्थाहरु तोकिएको प्रक्रिया पूरा गरी सञ्चालनमा रहे नरहेको अनुगमन गर्ने व्यवस्था भएपनि अनुगमन फितलो भएको देखिएको हो ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालय, मकवानपुरले यो वर्ष धनुषा जिल्लाका स्वास्थ्य संस्थाको अनुगमन गरेकोमा १३ स्वास्थ्य संस्थामध्ये जनकपुरिस्थित ९ पोलिक्लिनिक सञ्चालन अनुमति बिना नै भइरहेकाे अनुगमन प्रतिवेदनमा देखिएको छ । सोही निर्देशनालयमा रहेको गुणस्तर नियन्त्रणसम्बन्धी २०७३/७४ को क्षयरोग (टी.बी.) सम्बन्धी प्रतिवेदन परीक्षण गर्दा १० स्वास्थ्य संस्थाले पोजिटिभ रिपोर्ट दिनुपर्नेमा नेगेटिभ उल्लेख गरेको र ३ संस्थाले नेगेटिभ उल्लेख गर्नुपर्नेमा पोजिटिभ दिएको पाइएकाे हाे ।

जसको कारण औषधि सेवन गर्न नपर्नेलाई औषधि दिनु परेको र औषधि सेवन गर्न पर्नेलाई औषधि नदिएको अवस्था सिर्जना हुनसक्ने जोखिम देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, नेपालगन्जको लेखापरीक्षण गर्दा ४ निजी अस्पताल र पोलिक्लिनिकको प्रयोगशालामा एकै समयको रगतको नमुना पठाएकोमा प्राप्त नतिजा विश्लेषण गर्दा स्वीकारोक्ति तहभन्दा फरक फरक नतिजा प्राप्त भएको छ । यसबाट प्रयोगशालाको गुणस्तरमा विश्वस्त हुने अवस्था कम हुँदै गएको महालेखाले जनाएकाे छ।

Last modified on 2019-04-13 12:52:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts