नेपाल चिकित्सक संघले सरकारलाई दियाे ७२ घण्टे अल्टिमेटम



Download our app to get more features

काठमाडौं, २८ चैत । सरकारी चिकित्सक अान्दाेलित भएकाे एकसातापछि बल्ल चिकित्सकहरुकाे मूल छातासंगठन नेपाल चिकित्सक संघले सरकारलाई समस्या समाधान थाल्न ७२ घण्टाकाे अल्टिमेटम दिएकाे छ ।

बिहिबार उपत्यकामा उपलब्ध संघका पूर्वपदाधिकारी एवं सराेकारवालासँग छलफल गरेपछि जारी विज्ञप्तिमा संघले चिकित्सकहरुको माग र संवेदनशिलतालाई बेवास्ता गरे विरोधका कार्यक्रम देशभर सञ्चालन गर्ने जनाएको छ । साथै, नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरु, देशभर सरकारी तथा निजी स्वास्थ्यसंस्थाहरुलाई संघबाट घोषणा हुने सशक्त विरोधका कार्यक्रमहरुको लागि तयारी अवस्थामा बस्ने समेत विज्ञप्ती मार्फत संघले अपिल गरेकाे छ ।

संघले निर्णय लिनुअघि काठमाडौं उपत्यकाभित्रका सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ समाजका प्रतिनधिसँग छलफल गरेकाे हाे ।

Last modified on 2019-04-12 08:29:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts