डाक्टरहरुले मर्यादा नाघ्ने हो भने सरकारले बाध्य भएर कारबाही प्रक्रिया सुरु गर्छ: मन्त्री बास्कोटा

काठमाडौं,२८ चैत । डाक्टरहरुले मर्यादा नाघ्ने हो भने सरकारले बाध्य भएर कारबाही प्रक्रिया सुरु गर्ने सरकारका प्रवक्ता गोकुल बास्कोटाले चेतावनीे दिएका छन् । उनले सरकारी चिकित्सकहरुको आन्दोलनप्रति आक्रोश व्यक्त गर्दै चेतावनी समेत दिएका हुन् ।
सरकारी चिकित्सक संघ भने समायोनमा असन्तुष्टि जनाउदैं आन्दोलमा उत्रीयको छ । चिकित्सकहरुले ओपिडि सेवा ठप्प पारेका छन् । तर सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले चिकित्सकहरुले आन्दोलन गर्न नहुने बताएका छन् । उनले हामी विशिष्ट हौं हामी भएको ठाउँमा जनता आउनु पर्छ चिकित्सकले भनेमा मान्य नहुने बताएका छन् ।
कर्मचारी समायोजनमा कुनै प्राविधिक गल्ती भएमा त्यसलाई सच्चाइने पनि बताएका छन् ।उनले चिकित्सले आन्दोलन गर्दा आफ्नो मर्यादा सोच्नु पर्नेमा जोड दिए ।
Last modified on 2019-04-12 08:29:43