पब्जी खेलका कारण आत्महत्यासम्म हुन थालेपछि सरकारले लगायो प्रतिबन्ध

काठमाडौं, २८ चैत । पब्जी खेलका कारण मानसिक समस्या बढ्न थालेपछि सरकाले यसमा प्रतिबन्ध लगाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलकै कारण आत्महत्यासम्मका घटना समेत हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको जानकारी दिए ।
सोही निर्देशनअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलका कारण धेरै बालकको बालमस्तिस्कमा समस्या आउन थालेको र कतिपयले आत्महत्याको बाटो रोज्न थालको उजुरी आएपछि यो खेलको प्रतिबन्ध लगाउनु परेको पुष्टि गरे ।
प्रवक्ता अर्यालले भने ‘पब्जी खेल्नेलाई विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको हो ।’
दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले उत्पादन गरेको ‘पब्जि’ इन्टरनेटमा खेलिने एक भिडियो खेल हो ।