रोजेको ठाउँमा दरबन्दी खाली नभएमा अनमीलाई घरपायक सरुवा

काठमाडौं, २८ चैत । सरकारले अनमीहरुको घरपायक सरुवा मिलाउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । कर्मचारी समायोजन गर्दा अनमीहरुलाई उनीहरुले रोजेको ठाउँमा खटाइने छ । त्यस्तो ठाउँमा अनमीको संख्या बढि भएमा वरिष्ठलाई प्रथामिकता दिइने छ । यसरी समायोजन गर्दा सम्बन्धित क्षेत्रमा बढि भएका अनमीहरुलाई उनीहरुको नागरितामा उल्लेख भए बमोजिम घरपायक सरुवा मिलाइने छ ।
७ हजार ६ सय १९ जना अनमीको दरबन्दी तेरिज संशोधन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । उनका अनुसार कर्मचारीले समायोजन प्रक्रियामा ठाउँ रोज्दा बढि शहरी क्षेत्र रोज्ने गरेका छन् जसले गर्दा यस्तो व्यवस्था गरिएको हो ।
Last modified on 2019-04-12 08:29:29