स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सम्मेलन सुरु, स्वास्थ्य अनुसन्धानलाई पनि संघीयता अनुरुप विकेन्द्रित गर्न माग



Download our app to get more features

काठमाडौं, २८ चैत । तीन दिनसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको पाँचौं शिखर सम्मेलन राजधानीमा सुरु भएको छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को आयोजनामा ३ दिनसम्म चल्ने सम्मेलनको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले उदघाटन गरेका हुन् । 

‘संघीय प्रणालीमा समानता र विकासका लागि अनुसन्धान’ नारासहितकोे सम्मेलनको दोस्रो दिन बिहीबार नेपालमा स्वास्थ्यमा अनुसन्धानको आवश्यकता, योजना, चुनौति र प्राथमिकताबारे छलफल गरिएको छ । 

साथै मुलुक संघीय संरचानामा गइसकेको हुँदा स्थानीय तहबाट माथिल्लो तहसम्म अनुसन्धानलाई कसरी स्तारोन्नति गर्नेे विषयमा समेत छलफल गरिएको छ ।

प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री यादवले भर्खरै संघीय प्रणाली अभ्याँस गरिरहेको हुँदा स्वास्थ्यको अनुसन्धानमा चुनौति र अवसर दुवै रहेको बताए । 

उनले यस विषयलाई रणनीतिक योजनाका हिसाबले पनि प्राथमिकतामा राखिसकेको हुँदा अब मुलुकको आर्थिक समृद्धिमा अनुसन्धानले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे । 

तीनै तहका सरकारले अब विकासका लागि स्वास्थ्यको अनुसन्धानलाई प्राथमिकता राखेर अगाडि बढाउन प्रतिवद्ध रहेको स्वास्थ्यमन्त्री यादवले दावी गरे । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले स्वास्थ्यका क्षेत्रमा अनुसन्धानको स्तारोन्नती गर्न अनुसन्धानकर्ता, सम्बन्धीत निकाय र सरकारको निरन्तर सहकार्य जरुरत रहेको बताइन् । 

संघीय प्रणालीमा समानता र विकासका लागि अनुसन्धान आवश्यक रहेको भन्दै उनले तीन तहका सरकारले  स्वास्थ्यका क्षेत्रमा प्याकेज नै बनाएर हरेका मानिसलाई स्वास्थ्यको पहुँचभित्र ल्याउनुपर्ने बताइन् ।

अन्तर्राष्ट्रियस्तरमा स्वास्थ्यमा अनुसन्धानलाई विशिष्ट रुपमा प्राथमिकतामा राखिरहँदा नेपालमा भने स्वास्थ्यमा अनुसन्धान चुनौतिपूर्ण रहेको  एनएचआरसीका उपाध्यक्ष डा. भोजराज अधिकारले बताए । 

उनले मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा तीन तहका सरकारले स्वास्थ्यमा अनुसन्धानलाई प्रमुख प्राथमिकता राखिनुपर्ने आवश्यक्ता औंल्याए । 

एनएचआरसीका कार्यकारी अध्यक्ष डा. अन्जनी कुमार झाले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको अनुसन्धानका पाटोमा  बजेट कम रहेको बताउँदै यसमा सरकारले ध्यान दिन जरुरी रहेको बताए ।

उनले नेपालको स्वास्थ्य क्षेत्रमा अनुसन्धान आफैमा चुनौति रहेको भन्दै यसलाई सरल र सहज ढंगबाट स्तारोन्नती गर्न आवश्यक रहेको स्पष्ट पारे ।

यससँगै कार्यकारी अध्यक्ष झाले यसपटकको सम्मलेन यसअघिको भन्दा फरक किसिमको रहेको बताए । 

नेपालका लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधित्व गरिरहेको डा. जोस भ्यानडेलरले वातावरण प्रदुषणका कारण मात्रै विश्वमा ९ लाख मानिसको मृत्यु हुने बताए । साथै घरेलु वायु प्रदुषणका कारण मात्रै ३ अर्ब मानसिको मृत्यु हने डा भ्यानडेलरले आंकडा प्रस्तुत गरे ।

उनले मद्यपान धुम्रपानभन्दा बढी वायु प्रदुषणले मानिसको ज्यान जाने गरेको बताए ।

‘वातावरण प्रदुषणले मौसम अनुकुलता भई यौन चहाना नष्ट गर्ने, महिलाको प्रजनन प्रक्रियामा असर गर्ने, नवजात शिशुमा मानिसक समस्या हुने लगायतका घातका रोग निम्ताउँछ’, डा भ्यानडेलरले थपे ।  

‘यसकारण स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा वातावरणले कस्ता प्रभाव पर्छ, बच्चादेखि बुढासम्मका उमेर समुहलाई कसरी असर गर्छ लगायतका विषयमा अनुसन्धान आवश्यक छ’ उनले थपे । 

सम्मेलनमा स्वास्थ्य वैज्ञानिक, शोधकर्ता, विश्वविद्यालयका प्रतिनिधि, विद्यार्थी, स्वास्थ्यविज्ञ, मेडिकल चिकित्सकलगायत हजारभन्दा बढीको सहभागिता रहेको छ ।

साथै उक्त सम्मेलनमा नेपालसहित अमेरिका, चीन, जर्मनी, भारतका विश्वविख्यात वैज्ञानिकसमेत सहभागी रहेका छन् । 

Last modified on 2019-04-12 08:30:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts