चिकित्सक लाईसेन्स परीक्षामा २५ प्रतिशत मात्र पास

काठमाडौं,२८ चैत । नेपाल मेडिकल काउसिलले एमबीबीएस र बिडिएस उत्तीर्ण डाक्टरहरुका लागि चिकित्सक लाईसेन्स दिन सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
परीक्षामा २५ प्रतिशत परीक्षार्थी मात्र पास भएका छन् । शनिबार भएको परीक्षामा एक हजार एक सय २३ विद्यार्थी सहभागी रहेका थिए । परिक्षामा संलग्न भएका मध्येबाट दुई सय ८८ जना मात्र पास भएका छन् ।
फेल हुनेको संख्या भने आठ सय ३५ रहेको छ ।