स्वास्थ्य बीमाप्रति रुचि घट्नुको कारण: औषधि नपाउनु



Download our app to get more features

काठमाडौं,  २८ चैत । स्वास्थ्य अनुसन्धान परिषदले सार्वजनिक गरेको प्रतिदेवन अनुसार स्वास्थ्य बीमाप्रति नागरिकको रुचि घट्नुको मुख्य कारण औषधि नपाउने रहेको छ । साथै पर्याप्त प्रयोगशालाका सेवाहरु प्रयोग गर्न नपाउने र जनशक्तिको कमीका कारण पनि बीमाप्रति रुचि घटेको अध्ययनले देखाएको छ । 

कुल तीन सय ३८ सहभागीको Exit Client Interview पछि १० जना मध्ये ९ जनालाई स्वास्थ्य बीमाबारे जानकारी थियो । त्यसैगरी स्वास्थ्य बीमाले गर्दा आर्थिक भार कम भएको ९० प्रतिशतभन्दा माथिका बिमितले स्वास्थ्यबीमा नवीकरण गराउने र आफ्ना नजिकका आफन्तलाई पनि जानकारी गराउछौं भन्ने गरेको पाइएको छ । ६१ प्रतिशत बिमितले  स्वास्थ्यबिमा बाहेकका अरु स्वास्थ्य सेवा उपयोग नगरेकोे प्रतिवेदमा उल्लेख छ । स्वास्थ्य बीमामा संलग्न स्वास्थ्यकर्मीका अनुसार सुरुवाती दिनहरुभन्दा बिमितमा बीमाप्रति रुचि घट्दै गएको छ । 

वर्तमानको गरिबीकोस्तरका कारण स्वास्थ्यबीमाले आमनागरिकमा पार्ने प्रभाव र गुणस्तरीय सेवाको पहुँच चुनौतीपूर्ण रहेको अनुसन्धानले देखाएको छ ।   
 

Last modified on 2019-04-12 09:15:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts