प्रदेश नं. ५ सरकारले ८४ वर्ष नाघेका वृद्धवृद्धाको घरमै पुगेर निशुल्क स्वास्थ्य परिक्षण गर्ने



Download our app to get more features

रुपन्देही २७ चैत्र । प्रदेश नं. ५ सरकारले ८४ वर्ष नाघेका वृद्धवृद्धाहरुको घरमै पुगेर मासिक दुई पटक निशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम अघि सारेको छ ।

बुधबार गुल्मीको कालीगण्डकी गाउँपालीका अन्तर्गत फोक्सीङ्गमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै प्रदेशका सामाजीक विकास मन्त्री सुदर्शन बरालले प्रदेश सरकारले पहिलो चरण अन्तर्गत ८४ वर्ष नाघेका वृद्धवृद्धाहरुलाई घरमै पुगेर मासिक २ पटक निशुल्क स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम अघि सारेको जानकारी दिए । बरालले सरकारले स्वास्थ्य, शिक्षा जस्ता आधारभूत र अत्यवश्यक सेवावाट केही पनि बञ्चित हुन नहुने वताएका छन । साथै,दुर्गम स्थानहरुमा विशेषज्ञ डाक्टरहरु सहित निशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको समेत उनले जानकारी दिए। स्वास्थ्य चौकी भवनको अवलोकन गर्दै स्वास्थ्यको पहुँचवाट कोही पनि नागरिक बञ्चित हुनुपर्ने अवस्था नरहेको उनले उल्लेख गरे ।

स्वास्थ्य चौकि भवन निर्धारित समयभन्दा तीनमहिना अघिनै जिम्मेवारी पुरा गरेर उदाहरणीय काम गरेको भन्दै बरालले भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई धन्यवाद दिए । कार्यक्रममा संघीय आयोजना कार्यान्वयन ईकाई रुपन्देहीका प्रमुख राजेन्द्र पाण्डेले भ्याट बाहेक १ करोड ७५ लागतमा उक्त भवन निर्माण गरिएको र कामसम्पन्न गर्नु पर्नेअवधि भन्दा अघिनै गुणस्तरीय काम गरेर भवन हस्तान्तरण भएको जानकारी दिए ।

१४ कोठा रहेको उक्त दुई तले पक्की भवन निर्माणका लागि स्थानीय समाजसेवी यम बहादुर रानाको परिवारले ५ रोपनी जग्गा निशुल्क रुपमा उपलव्ध गराएको काली गण्डकी गाउँपालीकाका अध्यक्ष वेद थापा मगरले बताए ।

Last modified on 2019-04-11 12:59:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts