वीरमा प्रहरीको हस्तक्षेपबाट एकजना चिकित्सक घाइते, बिरामीलाई बाहिरै राखेर उपचार

काठमाडौं, २७ चैत । वीर अस्पतालमा आन्दोलनरत सरकारी चिकित्सक संघ र प्रहरी विच हातपात हुदाँ एकजना चिकित्सक घाइते भएका छन् ।
अस्पतालमा विगत पाचँ दिन देखि बन्द रहेको ओपिडि टिकट खुलाउन प्रहरी परिचान गरिएको छ । प्रहरी परिचालन पछि आन्दोलनरत चिकित्सकहरु र प्रहरी बिचको हातपातमा एक जना चिकित्सक घाइते भएका छन । गोदानका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले डा. सन्तोस राई घाइते भएको पुष्टि गरेका छन् । राईको हातमा चोट लागेको छ । उनलाई उपचार पछि आरामको लागि अस्पताल परिसरमा नै राखिएको पाण्डेले जानकारी दिए ।
त्यसैगरी प्रहरी परिचालन गरि टिकट वितरण गरेपछि चिकित्सहरुले बिरामीलाई बाहिर राखेर सेवा दिइरहेको पनि पाण्डेले जानकारी दिए । उनले भने आएका जति बिरामीलाई बाहिर राखेर उपचार सेवा दिइरहेका छैं ।
कर्मचारी समायोजनमा असन्तुष्टि जनाउदैं सरकारी चिकित्सकहरुले शुक्रबार देखि ओपिडि सेवा बहिस्कार गर्दै आएका थिए । जस कारण देशभरका सरकारी अस्पतालका बिरामी मर्कामा परेका थिए ।
गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट अस्पताल प्रशासनलाई टिकट काटेर बिरामीलाई सेवा दिन निर्देशन दिएपछि प्रहरीले आफै टिकट काटेको हो ।