आन्दोलनरत डाक्टरलाई प्रहरीको घेराबन्दी, वीरमा आफै टिकट वितरण गर्दै प्रहरी



Download our app to get more features

काठमाडौं, २७ चैत । सरकारी चिकित्सक संघ (गोदान) को आन्दोलनका कारण बिरामी मर्कामा पर्न थालेपछि प्रहरीले वीर अस्पतालमा आफै टिकट काटेर वितरण गर्न थालेको छ ।

गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट अस्पताल प्रशासनलाई टिकट काटेर बिरामीलाई सेवा दिन निर्देशन दिएपछि प्रहरीले आफै टिकट काट्न थालेको हो ।

अस्पतालका निर्देशक डा.केदार सेञ्चुरीले हाम्रो डाक्टरसँग कुराकानी गर्दै बिरामीलाई मर्कामा पार्ने गरी आन्दोलन नर्गन आन्दोलनरत पक्षलाई आग्रह गरिएको बताए ।

उनले भने, ‘हामीलाई सरकारबाट निर्देशन आएको हुनाले अब बिरामीलाई समस्यामा पार्नु ठिक नहुने हुँदा गोदानका साथीलाई आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह गरेका छौं ।’
यता, आन्दोलनरत गोदानका चिकित्सकहरुले भने सरकारको यो दमन विरुद्ध अब कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

गोदानका अध्यक्ष दिपेन्द्र पाण्डेले हाम्रो डाक्टरसँग कुराकानी गर्दै प्रहरीले आफुहरुलाई लाई धर्नास्थलमै घेराबन्दी गरेर जवरजस्ती टिकट वितरण गरेको बताए ।

उनले भने ‘प्रहरीले यसरी दमन गरेर टिकट काट्ने हो भने उपचार कसले दिन्छ ?’ उनले थपे, ‘हामी अझैंपनि वार्ताकै माध्यमबाट सहमति गरेरै जाने सोचमा छौं । तर, सरकारले जबरजस्ती टिकट बाँडेर हामीलाई घेराबन्दीमा राख्नुले आन्दोलन अब झन् कडा हुन्छ ।’

यता अस्पताल प्रशासनले भने न्याम्सका पदाधिकारीले सल्लाह गरेर बिरामीलाई सेवा दिने काम आफैंले जति सक्छौं त्यति गर्छौं भनेर टिकट वितरण गरिएको जनाएको छ ।

Last modified on 2019-04-11 12:41:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts