गरीबीको रेखामुनी रहेका नागरिकको स्वास्थ्यबीमा बापतको रकम सरकारले व्यहोर्नेः अर्थमन्त्री खतिवडा

काठमाडौं, २७ चैत । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको बताए ।
मंगलबार काठमाडौंमा नेपाल आँखा अस्पतालको ४५ आँै वार्षिकोत्सवमा उनले सबै जनतालाई स्वास्थ्य बीमामा आवद्ध गराउने सरकारको नीति रहेको बताए । मन्त्री खतिवडाले स्वास्थ्य बीमाको पहुँचका साथमा स्वास्थ्य प्रदायक संस्थाको जनशक्ति, उपकरण र सेवा थप गुणस्तरीय बनाउन आवश्यक रहेको बताए ।
अस्पतालका स्वास्थ्य निर्देशक डाक्टर कलमबहादुर खड्काले अस्पतालले आफ्नो सेवाको दायरालाई फराकिलो बनाउँदै आँखा स्वास्थ्यसम्बन्धी जनशक्ति उत्पादनमा ध्यान दिई पठनपाठनमा पनि महत्व दिएको बताए । वि.सं. २०३० चैत २६ गते स्थापीत उक्त अस्पतालले पछिल्लो समय आँखा एमडी तहको जनशक्ति उत्पादन समेत गरिरहेको छ ।