गोदानले गर्यो सरकारलाई यस्तो अपिल, सरकारले अब के गर्ला ?



Download our app to get more features

काठमाडौं, २६ चैत । आन्दोलनरत सरकारी चिकित्सक संघले आन्दोलन गर्नै नपर्ने अवस्था ल्याउन सरकारलाई अपिल गरेको छ । मंलबार आन्दोलनको पाचौं दिन प्रेस विज्ञप्ति जारी गर्दै गोदानले पुन सरकार पक्षलाई तत्काल वार्ताको वातावरण निमार्ण गरि आन्दोलन गर्नै नपर्ने अवस्था ल्याउन अपिल गरेको हो । 

सरकार पक्ष चिकित्सकहरूलाई दमन गरेरै जाने मनस्थितिमा उत्रिएमा सम्पूर्ण सरकारी चिकित्सक झनै कठोर आन्दोलनको अप्रिय मार्गमा जान बाध्य हुने गोदानले विज्ञप्ति मार्फत जनाएको छ । सोका लागि सम्पूर्ण चिकित्सकलाई तयार अबस्थामा रहन संघ आह्वान समेत गरेको छ । 

संघको जारी देशव्यापी आन्दोलनलाई लिएर सरोकारवालाले विभिन्न भ्रामक विज्ञप्ति तथा मिडियाहरूका माध्यमबाट  संघको जायज मागरूलाई दवाउने, चिकित्सकहरूलाई डराउने(धम्काउने जस्ता क्रियाकलापले  आन्दोलनलाई थप कडा भन्दा कडा बनाउन चाहेको  देखिएको गोदानले जनाएको छ ।

विज्ञप्ति

 

Last modified on 2019-04-09 16:27:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts