तत्काल अस्पतालमा चिकित्सक नहुँदा शिशुको मृत्यु, छानबिन गर्न आफन्तको माग



Download our app to get more features

रुपन्देही २६ चैत्र । सिद्धार्थ वाल तथा महिला–आम्दा अस्पताल बुटवलमा समयमा चिकित्सक नआएकाले शिशुको मृत्यु भएको भन्दै अभिभावकले शब उठाएका छैनन् ।

बुटवलको देबिनगरका नारायण दर्लामीका १० महिनाका छोरा ओम दर्लामीको सोमबार साझँ आम्दामा ल्याएको केही समयमा मृत्यु भएको थियो । शिशुको उपचार तथा परीक्षणका लागि तत्काल चिकित्सक नभएकाले मृत्यु भएको भन्दै अभिभावकले घटनाको छानवीनको माग गरेका छन । साँझ ६ बजे अस्पतालमा भर्ना गरेपनि १ घण्टा भन्दा बढि समय चिकित्सक नआएको पिडितको गुनासो छ ।

निमोनियाका बिरामी शिशुलाई भैरहवा मेडिकल कलेजले आम्दा बुटवलमा रिफर गरेपछि नारायणले छोरालाई आम्दा ल्याएका थिए ।

Last modified on 2019-04-09 16:27:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts