लुम्बिनी प्रादेशिक अस्पतालमा ओपिडी सेवा ठप्प, सयौं बिरामी मर्कामा



Download our app to get more features

रुपन्देही २६ चैत्र । कर्मचारी समायोजनले आफ्ना मागलाई नसमेटेको भन्दै विगत पाचँ दिन देखि सरकारी चिकित्सकहरु आन्दोलनमा छन् । उनीहरुले देशभरका सरकारी अस्पतालमा आकास्मिक सेवा बाहेका सबै बहिस्कार गरेका छन् । सरकारी अस्पतालमा ओपिडी सेवा बहिष्कार गरेपछि दैनिक हजारौं बिरामीहरु समस्या परेका छन ।

प्रदेश नं ५को अस्थायी राजधानी बुटबलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा मंगलबार पनि ओपिडी सेवा बहिष्कार गरेपछि बिरामीहरु उपचारबाट बञ्चित भएका छन् । अस्पतालमा आउने र उपचार नै नगराइ बिरामीहरु फर्कने गरेका छन् । 

दैनिक हजार भन्दा बढी बिरामी आउने यस अस्पताल अहिले सुनसा नबनेको छ । अस्पतालका डाक्टरहरुले  एक विज्ञप्ति जारी गरि  सेवाग्राहिमा पर्न गएको असुबिधा प्रति क्षमा मागेका छन् ।

 

टिकट काउन्टमा चिकित्सकहरुले आन्दोलन अनिश्चितकालका लागी भएको भन्दै सुचना टास गरेका छन । कर्मचारी समायोजन विधेयक– २०७५ ले चिकित्सकहरुको वृत्ति विकासमा छेकवार गरेको र चिकित्सको सरुवा रोक्दै एकै ठाउँमा जिन्दगीभर काम लगाउन खोजेको भन्दै सरकारी चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । प्रदेश नं ५ अन्र्तगत रहेका जिल्ला अस्पताल आयुर्वैद अस्पताल  लगायका अस्पतालमा ओपीडि सेवा बन्द गरि चिकित्सकहरु आन्दोलीत भएका छन ।

 

Last modified on 2019-04-09 14:50:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts