सरकारी चिकित्सकको आन्दोलन संघीयता विरुद्धको षडयन्त्र होः स्वास्थ्यमन्त्री यादव

काठमाडौं, २५ चैत । आन्दोलनरत सरकारी चिकित्सकहरुलाई कानुन बमोजिम कारबाहि गरिने स्वास्थय तथा जनसंख्या मन्त्री उपे्रन्द्र यादवले बताएका छन् ।
सोमबार स्वास्थय अनुसन्धान परिषदले आयोजना गरेको पत्रकार सम्मेलनको औपचारिक कार्यक्रम सकिएपछि मन्त्री यादवले आन्दोलनरत चिकित्सकहरुलाई कारबाहि गर्ने चेतावनी दिएका हुन । उनले आन्दोलनरत चिकित्सकहरु प्रति आक्रोस पोख्दै भने, ‘टाउकोमा चडाएर राख बाटोमा हिड्दिन भन्दा कोहि सक्छ ।’
उनले संघीय प्रणालीको विरुद्धमा कुनै पनि प्रकारको षडयन्त्र स्विकार नहुने जिकिर गरे । उनले थपे ‘डाक्टरहरु गाँउमा जानुपर्छ गाँउमा जनता बस्छ । सधैं शहरमा बस्न खोजेर हुन्छ ?’
Last modified on 2019-04-08 18:17:37