चिकित्सकको आन्दोलन आजपनि जारी, उपचार बिना नै फर्कदै बिरामी



Download our app to get more features

काठमाडौं, २५ चैत । कर्मचारी समायोजनको विरोधमा सरकारी चिकित्सकले गरेको आन्दोलनका कारण आज पनि सरकारी अस्पतालमा सेवा ठप्प हुँदा बिरामीहरु बिना उपचार घर फर्कन बाध्य भएका छन् । 

सरकारी चिकित्सक संघले आपत्कालीनबाहेक सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रेपछि अस्पतालको ओपिडी, महिनौँअघि तय भएका अप्रेसनहरु प्रभावित भएका छन् । कर्मचारी समायोजनका क्रममा सरकारले डाक्टरलाई संघ, प्रदेश र स्थानीय तहमा खटाएको छ । तर, प्रदेश र स्थानीय तहको दरबन्दीमा जान डाक्टरहरूले अस्वीकार गर्दै आन्दोलनमा उत्रेका छन् ।

संघीय सरकारअन्तर्गत नै राखेर आफूहरूलाई प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग राखेर शुक्रबारदेखि नै डाक्टरहरु आन्दोलनमा छन् । अस्पतालमा सेवा बन्द हुँदा दैनिक ३ लाख बढि नागरिक स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् ।

वीर अस्पताल पुगेका  जुम्ला, दोलखा, बारा सहितका स्थानबाट आएका बिरामीहरु बिना उपचार नै घर फर्कन बाध्य भएका हुन् ।

Last modified on 2019-04-09 13:18:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts