विश्व स्वास्थ्य दिवसको अवसरमा बुटबलमा अन्र्तक्रिया



Download our app to get more features

रुपन्देही, २५ चैत । ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका लागि स्वास्थ्य’ भन्ने मूल नाराका विश्व स्वास्थ्य दिवस बुटबलमा पनि मनाईएको छ । 

विश्व स्वास्थ्य संगठनको अगुवाइमा प्रत्येक वर्ष अप्रिल ७ तारिखका दिन विश्व स्वास्थ्य दिवस मनाइँदै आएको हो । बुटबलमा स्वास्थ्य कार्यलय रुपन्देहीको आयोजना र नेपाल जनस्वास्थ्य संघ प्रदेश समिति प्रदेश नं ५को समन्यमा अन्र्तरकृर्या कार्यक्रम सम्पन्न भएको छ ।

अन्र्तरकृर्या कार्यक्रमा स्वास्थ्य निर्देशनालय प्रदेश नं ५का निर्देशक दिनेश चापागाई ले ६५ प्रतिशत मानिस स्वास्थ्य सेवाको सहज पहुँचमा नभएको बताउदै स्वास्थ्यक्षेत्रमा राम्रा भएको समेत बताए । 

निर्देशक चापागाईले स्वास्थ्यमा परिर्बतन ल्याउनको लागी चार कुरामा ध्यान दिनुपर्ने बताउदै स्वास्थ्यसेवा दिने ठाउको अभाव भएको हुँदा सेवा दिन े समस्या भएको बताए ।

जनशक्ती कमरहेको र भएको जनशक्तीलाई पनि आवश्यकता अनुसारको तालिम नभएको उपकरण अभाव र औषधिको व्यवस्थापन राम्रो संग गर्न आवश्यक भएको भन्दै उनले निति नियम बनाउँदा अहिलेको आवश्यकता अनुसार बनाए स्वास्थ्यक्षेत्रलाई सुधार गर्न सकिने बताए ।

यस्तै स्वास्थ्य निर्देशनालय आपुर्ति महाशाखाका निमित्त प्रमुख बुद्धिराज काफ्लेले हेल्थपोष्टमा ३८, प्राथामिक स्वास्थ्यकेन्द्रमा ५८ र जिल्लामा ७० प्रकारका औषधि निःशुल्क सप्लाई भैरहेको बताए । उनले अस्पताल हेल्थपोष्ट र पिएसीले मागको आधारमा औषधी पठाएको बताए ।  काफ्लेले भनेको बेला औषधी सबै पठाउन बजेटको समस्या भएको बताए ।

कार्यक्रममा समाजीक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत सैलेन्द्र कुमार पान्डे प्रदेश नं ५क ९सय ८३ वडा मध्ये ३सय २२मा अहिले सम्म स्वास्थ्यका संरचना नभएको बताए ।  उनले प्रदेस सरकारले  अहिले  स्वास्थ्यसेवा बिस्तार र सृद्धढिकरण तर्फ लागेको बताएका छन । 

अन्र्तरकृर्याकार्यक्रमा नेपाल जनस्वास्थ्य संघ प्रदेश नं ५का सचिब उमेस घिमिरेले  कार्यपत्रप्रस्तुत गर्दै स्वास्थ्य सेवा प्रभाबकारी र गुणस्तरीय हुनुपर्ने बताए । उनले प्रदेश नं ५ र केन्द्रको अबस्था पुग्नको लागी लक्ष्य समेत प्रस्तुत गरेका थिए । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts