सरकारी चिकित्सकको आन्दोलनः एकैदिन तीनलाख बिरामी मर्कामा

काठमाडौं, २४ चैत । कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै सरकारी चिकित्सक हरुको संगठन गोदानले अहिले सरकारी अस्पतालको सेवा ठप्प पारेको छ । गोदानले सरकारी अस्पतालका आकास्मिक बाहेका सबै सेवा ठप्प पार्ने निर्णय शुक्रवार देखि गरेको हो ।
समायोजन प्रक्रियामा असहमति जनाउदै पटक पटक आन्दोलनमा उत्रे पनि उपलब्धीको रुपमा पून आन्दोलन गर्नु बाहेक गोदानलाई केहि मिलेको देखिदैन् । यो आन्दोलन पहिलो भने अवश्य होइन । समायोजन गर्दा आफ्ना माग पुरा नभएको भन्दै गोदान यसअघि देखि नै आन्दोलमा छ । साथै गोदानले अबदेखि अत्यावश्कीय सेवाका क्षेत्रमा हड्ताल गर्न नपाइने भनेर सरकारले बिहिबार, चैत १४ गतेको निर्णयलाई पनि तोडेको छ ।
अन्नायपूर्ण समायोजन प्रक्रियाको विरोधमा कुनै पनि सरकारी चिकित्सकले समायोजन पत्र नबुझ्ने र आन्दोलनमा सक्रिय भएर सहभागी हुने गोदानको निर्णय छ । गोदानले बाँकी रहेका चिकित्सकहरुले सामुहिक राजीनामा तत्काल संकलन गर्ने र सरकार समक्ष बुझाउनेसहित ६ वटा निर्णय गरेको छ ।
गोदानले गरेको उक्त आन्दोलनमा नेपाल चिकित्सक संघले पनि समर्थन जनाएको छ। सरकारले स्वास्थ्य क्षेत्रमा पनि कुनै किसिमको हड्ताल गर्न नपाइने निर्णय गर्दागर्दै सरकारी चिकित्सक भने अझै सशक्त ढंगबाट आन्दोलनमा उत्रने तयारी गरिरहेका छन् ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आन्दोलन गर्दा मानिसको ज्यान नै खतरामा पर्ने आमगुनासो समेत एकातिर छ ।
गोदानको आन्दोलका कारण बिरामीहरु अस्पताल आउँदै फर्कँदै गरेको अस्पतालहरुले जनाएका छन् ।
दैनिक कति बिरामी मारमा
सरकारी अस्पतालहरुमा पुग्दा बिरामीहरु ओपिडि खुल्ने आशमा लाइन लागेर टिकट काट्न बसेको देख्न पाइयो ।
साथै अस्पतालमा गोदानका अध्यक्ष डा दिपेन्द्र पाण्डेले भने मर्कामा परेका बिरामीप्रति क्षमा मागेका छन् । उनका उनुसार आजमात्र लगभग तीन लाख बिरामी मर्का परेको उनले बताए । आइतबार अस्पतालमा बिरामीको धेरै आउने गर्थे त्यसकारण बिरामी मर्का परेको उनले सुनाए । साथै स्वास्थ्य मन्त्रालयले आन्दोलनको तीन दिनसम्म पनि कुनै पहल नगरेको र जनतालाई दुख दिइरहेको उनले आरोप पनि लगाए । आइतबार काठमाडौं उपत्यका सबै सरकारी अस्पतालको ओपिडि सेवा बन्द भएको पनि उनले जानकारी दिए ।
यो अनिश्चितकालीन आन्दोलन जनताकै लागि गरेको पनि उनले जिकिर गरे ।