जनताको स्वास्थ्यको अधिकारलाई प्रत्याभूत गर्न सरकार प्रतिवद्धः स्वास्थ्यमन्त्री यादव



Download our app to get more features

काठमाडौं, २४ चैत । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउदै लैजाने बताएका छन् ।

अन्तर्राष्ट्रिय स्वास्थ्य दिवसका अवसरमा राष्ट्रिय नागरिक विकास मञ्चले शनिबार काठमाडांैमा आयोजना गरेको कार्यक्रममा उनले जनताको स्वास्थ्यको अधिकारलाई प्रत्याभूत गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए । 

यादवले स्वास्थ्य बीमा कार्यक्रम अब छिटै सबै जिल्लामा लागू हुने धारणा पनि राखे । उनले रोग लाग्न नदिन स्वच्छ वातारण निर्माण गर्नुपर्ने पनि बताए । खाद्य पदार्थ, पिउने पदार्थ र वातावरणलाई ध्यान दिन सके रोग लाग्नबाट बच्न सकिने उनको सुझाव छ ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
 

Last modified on 2019-04-07 13:40:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts