हेल्थ केयरको लापरवाहीले बिरामीको मृत्यु भएको आफन्तको आरोप



Download our app to get more features

सिरहा, २४ चैत । सिरहाको मिर्चैयास्थित मंगलम् हेल्थ केयरको चरम लापरवाहीको कारण सिरहा मिर्चैया ९ का ५० वर्षीय शिवजी महतोको मृत्यु भएको छ ।

हेल्थ केयरमा मुश्किलले तीन घण्टा राखेर उपचार गर्ने कानुनी प्रावधान छ तर उक्त केयरले कानूनी मान्यतालाई लत्याउँदै एक हप्तासम्म आफ्नो हेल्थ केयरमा विरामीलाई राखेर अन्ततः उनको मृत्युसम्म पुर्याउने काम गरेको मृतकका भतिज गंगा महतोले आरोप लगाए ।  

विष सेवन गरेर पोलि क्लिनिक पुगेका महतोको उपचारमा कमी भइरहेको महसुस हुन थालेपछि थप उपचारको लागि अन्यत्र लैजान हेल्थ केयरका चिकित्सक शम्भु साहलाई बारम्बार अनुरोध गर्दा समेत डिस्चार्ज गर्न नमानेको परिवारजनको आरोप छ ।

यस अघि गैरकानुनी रुपमा संचालन भइरहेको मंगलम् अस्पतालमा जिल्ला अस्पताल सिरहाले बन्द गराएपछि मंगलम् पोलि क्लिनिकमा रुपान्तरण भएको जनाइएको छ । पोलि क्लिनिकले विरामीलाई राखेर उपचार गर्ने काननुनी मान्यता नरहेको सिरहा जिल्ला अस्पतालका प्रशासन अधिकृत उमेश कर्णले बताए । 

घटनापछि पीडित परीवार, पोलि क्लिनिकका संचालक, प्रहरीवीच सहमति भएपछि घटना सामसुम भएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनाललाई  बुझ्न खोज्दा हामीले यस विषयमा केही बोल्न नमिल्ने बताए । उनले जिल्लामा बुझ्नुहोला भन्दै पन्छिए । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधवराज खरेलसँग घटनाबारे जानकारी माग्दा यस विषयमा आफूलाई कुनै जानकारी नै नभएको बताए ।

यता घटनाको विषयमा खोजविन गर्न भनिसकेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । उनले भने, ‘अस्पतालले कानुन अनुसार गरेको छ छैन, बुझेर कानून विपरित भए उनलाई कानुनी दायरामा ल्याउँछौं ।
 

Last modified on 2019-04-07 17:32:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts