प्रदेश ५ सरकारको निर्णय उपचार खर्च वितरणदेखि सासंदको स्वास्थ्य बीमासम्म



Download our app to get more features

रुपन्देही २२ चैत्र । केन्द्र सरकारले जस्तै प्रदेश सरकारले पनि नेताहरुलाई उपचार खर्च बाड्न थालेको छ । देश संघीयतामा गएसंगै केन्द्र सरकारले झैं प्रदेश सरकारले पनि उपचार खर्च बाँड्न थालेको हो ।

प्रदेश नं ५को सरकार शुक्रबार बसेको बैठकले विपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेललाई ५ लाख रुपैयाँ उपचार खर्च सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पू्र्वाधारमन्त्री बैजनाथ चौधरीले बताए ।

पोखरेल प्रदेशसभाका सबैभन्दा वृद्ध सदस्य पनि हुन् । क्यान्सर रोग लागेका पोखरेलको काठमाडौं नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार भइरहेको छ । त्यस्तै, बैठकले प्रदेशसभा सदस्यहरूको १० लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने पनि निर्णय गरेको छ ।

Last modified on 2019-04-07 10:19:01


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts