मानसिक रोग समाजकै भयावह, रोकथाम र उपचारमा प्रदेश सरकारले ध्यान दिन्छ: मन्त्री बराल

रुपन्देही २२ चैत्र । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशको स्वास्थ्य नीति निर्माण गर्दा मानसिक रोग नियन्त्रणलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाएका छन् । मानसिक रोग समाजकै भयावह रोग भएको भन्दै उनले त्यसको रोकथाम र उपचारमा प्रदेश सरकारले ध्यान दिने बताए ।
टिपिओ नेपालद्वारा बिहिबार बुटवलमा आयोजित मानसिक रोगको अध्ययन प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उनले मानसिक समस्याका कारण आत्महत्याको विकराल अवस्था आएको बताए । आत्महत्यामा नेपाल विश्वका टप टेन मुलुकमा पर्छ, यस्तो भहावह अवस्था रोक्न अहिलेको महत्वपूर्ण काम हो, उनले भने ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवालीले मानसिक समस्याले समाजलाई नै प्रभाव पार्ने भन्दैे यसको नियन्त्रणमा सजग हुनुपर्ने उनले बताए ।कार्यक्रममा टिपिओका कार्यकारी प्रबन्धक मनोचिकित्सक डा. कमल गौतमले विश्व र नेपालमा रहेको मानसिक रोगीको अवस्थाको विषयमा जजानकारी गराएका थिए । नेपालमा २०–२५ प्रतिशतसम्म मानसिक रोगी रहेकोे उनले बताए । विश्वामा रहेका ८० प्रतिशत बिरामीमध्ये अधिकांश गरिब र अल्पविकसित मुलुकका रहेको उनले जानकारी गराए ।
टिपिओका अनुसन्धान प्रमुख नगेन्द्र लुइटेलले नेपालका स्वास्थ्यचौकीबाट मानसिक रोगीको उपचार गर्न सकिने वा नसकिने विषयमा गरिएको अध्यनन सार्वजनिक गरेका थिए । अध्ययनले कतिपय जिल्लाका करिव ६६ प्रतिशत विरामी स्वास्थ्यचौकीमा पुग्ने गरेको उनले जानकारी गराए । तर स्वास्थ्यचौकीमा उपचार गर्ने दक्ष चिकित्सकको अभाव छ । टिपिओले चितवनमा रहेर काम गर्दै आएको छ ।