नेपालमा वर्षेनि २७ हजारको मृत्यु सूर्तिजन्य पदार्थको सेवनबाट हुने

काठमाडौं, २२ चैत । नेपालमा दैनिक ५० देखि ६० व्यक्ति सूर्तिजन्य पदार्थ सेवनका कारण मृत्युवरण गर्दे आएको तथ्यांक सार्वजनिक गरिएको छ । स्वास्थ्य पत्रकार मंच र एक्सन नेपालले जनकपुरमा बिहिवार आयोजना गरिएको सूर्तिजन्य पदार्थ नियन्त्रणमा प्रदेश तथा स्थानिय सरकारको भुमिका विषयक कार्यक्रममा नेपालमा वर्षेनि २७ हजार १ सय ३७ व्यक्तिको मृत्यु सूर्तिजन्य पदार्थको सेवनबाट हुने गरेको तथ्यांक सार्वजनिक गरिएको हो ।
विश्वमै ७० लाख व्यक्तिको वर्षेनी सूर्ति सेवनबाट मृत्यु भइरहेको छ भने नेपालमा सूर्तिजन्य पदार्थ सेवन गर्ने भन्दा त्यसको प्रभावमा पर्ने ४८ प्रतिशत रहेको पाइएको छ । यस्तै नेपालमा ७ प्रतिसत भन्दा बढि १३ देखि १५ उमेर समुहका बालबालिका सूर्ति सेवन गर्दै आएको डरलाग्दो तथ्यांक सार्वजनिक गरिएको छ । प्रदेश २ का समाजीक विकास मन्त्री नवल किशोर साहले सूर्तिजन्य पदार्थको सेवन गर्नेमा कमी ल्याउन सामुहिक प्रतिवद्धता आवश्यक रहेको बताए ।
त्यस्तै प्रदेश २ का मुख्य सचवि दिपक सुवेदिले सूर्तिजन्य पदार्थ सेवन कम गर्न यसलाई त्याग्नुपर्ने मनसाय बनाए मात्र सम्भव हुने वताए । उनले जनस्तर पुरयाउनका लागि सम्वन्धित क्षेत्रमा पुगेर जनचेतना अभियान चलाउनुका साथै सरकारले वनाएको कानुनलाई कडाईका साथ लागु गराउनका लागि सामुहिक रुपमा पहल भए मात्र समस्या सामाधान गर्न सकिने बताए ।
कार्यक्रममा जनकपुरधाम उपमाहानगरपालिकाले सूर्तिजन्य पदार्थ सेवन गर्नबाट रोक्न पहिलो प्रयास स्वरुप उपमाहानगरपालिका कार्यालय क्षेत्रभित्र सेवन गर्नबाट रोक लगाइएको र त्यसमा सफल पनि भएको वताउदै छिटै नगर भरि रोक लगाउने प्रयास गरिने जनाएको छ ।