स्पार्कले विराटनगरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने 

What's This?


Download our app to get more features

काठमाण्डौं, २६ जेठ । स्पार्क हेल्थ होम अस्पताल काठमाण्डौंले विराटनगरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । 

लामो समयदेखि प्राकृतिक तथा फिजियोथेरापीको माध्यमबाट हाडजोर्नी, नशा तथा प्यारलाईसिसको उपचार गर्दै आएको हेल्थ होमले यही जेठ २९ र ३० गते विराटनगरमा शिविर सञ्चाल गर्ने भएको छ । 

विशेषज्ञ चिकित्सकहरुको सहयोगमा विराटनगरमा पहिलो पटक प्राकृतिक तथा फिजियोथेरापीको माध्यमबाट निशुल्क हाडजोर्नी तथा नशा रोगको उपचार हुने आयोजकले जनाएको छ । 
स्पार्क हेल्थ होमको विराटनगर १४ स्थित रोडसेस चोकमा रहेको शाखामा सम्पर्क गरेर बिरामीहरुले अग्रिम नाम दर्ता गराउन पनि सक्ने अस्पतालले जनाएको छ ।

Last modified on 2016-06-08 17:24:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts