न्यूरोसर्जरी विधाको दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहीबारदेखि राजधानीमा हुने



Download our app to get more features

काठमाडौं, २० चैत । नेपाल न्यूरो सर्जन समाजको आयोजनामा भोलिदेखि दोस्रो अन्तराष्ट्रिय तथा सातौं राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन चैत २१ गतेदेखि २३ गतेसम्म हुने समाजका अध्यक्ष वरिष्ठ न्यूरो सर्जन डा. मोहनराज शर्माले राजधानीको चिरायु अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

सम्मेलनमा नेपालमा पहिलोपटक world federation of neurosurgical societies ( WFNS ) को एजुकेशनल कोर्स  सञ्चालन गरिने छ । यो एक दिन मात्र हुनेछ ।  यसमा  न्यूरो सर्जनको सबै विधा समिटिएको पनि शर्माले जानकारी दिए । यसमा विदेशी दश र नेपाली ४ फ्याकल्टीले न्यूरोसर्जरी सम्बन्धि विशेष कार्यपत्र प्रस्तुत गर्नेछन् । 

सम्मेलनमा १२ भन्दा बढि देशका न्यूरोसर्जन, न्यूरोलोजिस्ट, न्यूरो नर्स र फिजियोथेरापिस्टको सहभागिता रहने छ । सम्मेलनमा मशितष्क, नशा तथा मेरुदण्ड सम्बन्धी रोगको पहिचान, उपचार, रोकथाम र अनुसन्धान अनुसन्धान विचार आदानप्रदान गरिने छ । 

स्वदेश तथा विदेशमा न्यूरोसर्जन सम्बन्धी तालिम लिइरहेका र तालिम सकेकाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले young investigator award को व्यवस्था गरिएको छ ।

Last modified on 2019-04-05 08:21:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts