बारामा ‘नेचुरल डिज्यास्टर रिलिफ  क्याम्प’



Download our app to get more features

काडमाडौं, २० चैत । भीषण हवाहुरीले प्रभावित भएको बारमा बुधबार ‘नेचुरल डिज्यास्टर रिलिफ क्याम्प’ आयोजना गरिएको छ ।

शिविर लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपाल, नेपाल नेशनल हस्पिटल, क्यापिटल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड र लायन्स क्लब माच्छापोखरिको संयक्त आयोजनामा गरिएको हो । 

एक दिनका लागि आयोजना गरिएको शिविरमा निशुल्क स्वास्थ्य परिक्षण गरिएको डा शेशराज पाठकले जानकारी दिए ।

डा पाठकले भने ‘शिविरमा निशुुल्क स्वास्थ्य परिक्षणसहित औषधि पनि वितरण गरिएको छ ।’

यससँगै हावाहुरिबाट प्रभावित पीडित परिवारलाई लत्ताकपडा, झुल, तिरपाल पनि वितरण गरिएको छ ।


 

Last modified on 2019-04-03 16:41:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts