रुपन्देहिमा कान्तिपुर डेन्टलको तीनदिने स्वास्थ्य शिविर



Download our app to get more features

काडमाडौं, २० चैत । कान्तिपुर डेन्टल अस्पतालले रुपन्देहीको तिलोत्तमामा तीनदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविर मंगलबारदेखि सुरु भएको हो । शिविरको पहिलो दिन ६ सय ६५ जनाले सेवा लिएका छन् ।

शिविर रुपन्देहीको बीएम फाउन्डेशन,  कान्तिपुर डेन्टल कलेज बसुन्धारा, कान्तिपुर डेन्टल सेन्टर भलबारी  र रोटरी क्लब अफ भैरहवाको संयुक्त आयोजनामा गरिएको हो ।

शिविरमा ४२ जना मेडिकल टिम परिचालित भएको डा.बुद्धिमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार कान्तिपुर जनरल हस्पिटलबाट ८, कान्तिपुर डेण्टल कलेज टिचिङ हस्पिटलबाट २२ जना र भैरहवास्थित युनिभर्सल मेडिकल कलेजबाट १२ जनाको मेडिकल टिम शिविरमा खटिएका छन् ।

शिविरमा मुख तथा दन्त परिक्षण सहित छाती, पेट, स्त्रीरोग, बालरोग र आँखाको परिक्षण पनि गरिने छ ।

शिविर तिलोत्तमास्थित श्रीकोट मिसुजु आधारभूत विद्यालयको परिसरमा सञ्चालित छ ।

उक्त शिविरमा रोटरी क्लव अफ काठमाडौं नर्थ डिस्टिक ३२९२, रोटरी क्लव अफ म्याथ्युज आरआई डिस्टिक ७६८०, ताइवान प्रिभेन्टिभ व्लाइन्डनेशन फाउन्डेसन, र सुपा महिला सहकारी लिमिटेडले सहयोग गरेका छन् ।

Last modified on 2019-04-04 06:05:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts