गेटामा मेडिकल कलेजको निर्माणमा तिव्रता

धनगढी, २० चैत । सुदुरपश्चिम प्रदेशको चिकित्सा क्षेत्रलाई मध्यनजर गर्दै गेटामा निर्माण भैरहेको मेडिकल कलेजको कामले गति लिएको छ । २०७७ भित्र पुर्बाधार निर्माणको काम सक्ने गरी जारी रहेको दोश्रो चरणको कामले तिव्रता पाएपछी मेडिकल कलेज निर्माणमा भौतिक प्रगती पनि देखिएको छ ।
तीन सय शय्याको अस्पताल भवन, तीन तलाको २ वटा कलेज भवन, दुई वटा छात्रबास भवन, ८ वटा आवास भवन र प्रशासनीक भवनको निर्माणले गति लिईरहेको छ । ७ ओटा प्याकेजमा निर्माण भैरहेको मेडिकल कलेजको सबैभन्दा बढी प्रगती अस्पतालको भबनमा देखिएको छ । ७५ प्रतिसत काम सम्पन्न भैसकेको अस्पताल भवनपछी कलेज भवनको ६५ प्रतिसत, छात्रवास भवनको ५० प्रतिसत र प्रसासनिक भबनको ४० प्रतिसत काम सम्पन्न भैसकेको इन्जिनियर पवन रावलले बताए ।
कलेजको पुर्बाधार निर्माणको काम निर्धारित समयमै सम्पन्न गरी अवको २ बर्षपछि एमविविएसको पढाई सञ्चालनमा ल्याउने उद्देश्य मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिको छ । त्यसैका लागि निर्माण कम्पनिहरुलाई घचघच्यारहेको इन्जिनियर रावलले बताउनुभयो । मेडिकल कलेजको निर्माणमा खटिएका मजदुरहरु मध्ये अधिकांश भारतियहरु छन् । उनिहरु लामो समय बिदामा बस्ने गरेका कारण पनि समस्या उत्पन्न भैरहेको इन्जिनियर रावलले भनाई छ ।
सरकारले ०६६ सालमा गेटा मेडिकल कलेज स्थापनाको निर्णय गरे पनि रूख काट्ने आदेश नपाउदा लामो समयसम्म पूर्वाधार निर्माण सुरु हुन सकेको थिएन । त्यसपछी रूख कटानीको आदेश पाएसँगै ०७३ वैशाखदेखि नयाँ संरचना निर्माणको काम सुरु भएको थियो । एउटा पनि मेडिकल कलेज नरहेको सुदूरपश्चिममा सरकारी मेडिकल कलेज सञ्चालनमा आए यस क्षेत्रमै स्तरीय उपचार पाउने आशा यहाका स्थानिय बासिन्दाको छ । यस प्रदेशमा सुविधा सम्पन्न अस्पताल नहुँदा जनता उपचारका लागि नेपालगन्ज, काठमाडौं तथा नजिकका भारतीय बजार जानुपर्ने बाध्यता रहेका बेला गेटा मेडिकल कलेजको सञ्चालन पछी त्यो बाध्यता हट्नमा यस क्षेत्रका बासिन्दाको अपेक्षा छ ।