सरकारले आफूसँग गरेको सम्झौता विपरित समायोजन गरेको भन्दै गोदान आन्तरिक छलफलमा

काठमाडौं, २० चैत । सरकारी चिकित्सक संघ (गोदान) ले स्वास्थ्यको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै आज आन्तरिक छलफल गर्दैछ ।
सरकारले आफूसँग गरेको सम्झौता र प्रतिबद्धता विपरित समायोजन गरेको भन्दै गोदानले आज दिउँसो साढे ३ बजे छलफल गर्न लागेको हो । गोदानले सरकारी चिकित्सकलाई केन्द्र मातहतमा राखेर खटाउन माग गर्दै आएको थियो ।
नेपाल सरकारको बहालवाला चिकित्सक बाहेकबाट चि.वि.रा.प्र. का पदाधिकारी नियुक्त गरिएको बारेमा पनि आजको बैठकमा छलफल हुने गोदानका अध्यक्ष डा.दिपेन्द्र पाण्डेले बताए ।
राष्ट्रिय ट्रमा सेन्टरमा हुने छलफलमा सबै सरकारी चिकित्सकहरुलाई अनिवार्य उपस्थितीको लागि गोदानले आग्रह समेत गरेको छ ।
Last modified on 2019-04-03 10:36:30