नर्भिकले एक महिनासम्म कोलोरेक्टल क्यान्सर बारे जनचेतना फैलाउने



Download our app to get more features

काठमाडौं, १९ चैत । नर्भिक इन्टरनेशनल हस्पिटलले कोलोरेक्टल (ठूलो आन्द्रा र मलासय) क्यान्सर बारे जनचेतना जनाउन अप्रिल महिना भर सचेतनामूलक कार्यक्रम गर्ने भएको छ । यो अवधिका ठूलो आन्द्रा र मलाशयको क्यान्सरबारे चिकित्सकीय कार्यपत्रहरू प्रस्तुत गरिने, रोगको निदान र रोकथाम,  उपचार आदि बारे जनचेतना फैलाउने अस्पतालले जनाएको छ । यी क्रियाकलापले रोग रोकथाम र रोगको प्रभावकारी उपचारबारे पनि सर्वसाधारणले थाहा पाउने अस्पतालले विश्वास लिएको छ । 

ठूलो आन्द्रा र मलाशयको अर्बुदरोग मानिसलाई हुने अर्बुदरोगहरु मध्ये तेस्रो ठूलो र भयानक रोगमा पर्छ । विश्वभरको तथ्यांकलाई हेर्ने हो भने हरेक वर्ष यो रोगका १८ लाख नयाँ बिरामी देखापर्ने गर्छन् भने ति मध्ये करिब ५० प्रतिशत अर्थात् नौ लाख जतिले ज्यान गुमाउने गर्छन् । हालैका वर्षहरूमा नेपालमा समेत यस रोगका रोगीहरू प्रशस्तै भेटिन थालेका छन् । 

स्वस्थकर आहार–व्यवहार गर्न सुझाव 
नर्भिकका कोलोरेक्टल तथा जनरल सर्जन डा. सत्यदीप भट्टाचार्यका अनुसार ठूलो आन्द्रा तथा मलाशय (कोलन र रेक्टम)को क्यान्सरबारे आवश्यक जनचेचना सबैमा हुने हो भने, नियमित जाँच÷परीक्षण गराउने हो भने, स्वस्थकर भोजनका साथ स्वस्थकर आहार–व्यवहार अपनाउँदै नियमित शारीरिक व्यायाम गर्ने हो भने यस रोगलाई सजिलै रोकथाम गर्न सकिन्छ । 
रोटरी क्लब चन्द्रागिरीसँगको सहकार्यमा नर्भिकद्वारा आयोजित एक विशेष चिकित्सा कार्यक्रममा बोल्दै डा. भट्टाचार्यले उक्त तथ्य बताएका हुन् । उपर्युक्त कार्यक्रममा नर्भिकका पेटरोग विशेषज्ञ डा. वरुण शाहले ठूलो आन्द्रा र मलाशयका तमाम रोगहरुको निदानमा कोलोनोस्कोपीको महत्वबारे प्रकाश पारेका थिए । 

जोखिम कसरी घटाउने ?
यस रोगको जोखिमलाई न्यूनीकरण गर्न निम्न उपायको अवलम्बन गर्न सकिन्छ । 

  • ४५ वर्ष पुगेका हरेक व्यक्तिले नियमित रुपमा ठूलो आन्द्रा/मलाशयको क्यान्सरको जाँच परीक्षण गराउने, किनकी यदि ठूलो आन्द्रा तथा मलाशयका क्यान्सर रोग सुरुकै अवस्थामा पत्ता लगाई उपयुक्त उपचार गर्ने हो भने रोगी मध्ये ८०–९० प्रतिशतलाई रोगमुक्त वा सुरुकै अवस्थामा फर्काउन सकिन्छ । 
  • र्याप्त रेशेदार तथा कम चिल्लोयुक्त सन्तुलित भोजन गर्ने,
  • यदी मद्यपान गर्ने बानी भए नियन्त्रित रुपमा अर्थात् ठिक्क मात्रै पिउने बानी गर्ने, ध्रमुपानको बानी भए तुरुन्तै त्याग्ने । मद्यपान र ध्रुमपान सँगसँगै गर्दा ठूलो आन्द्रा र मलाशयका साथसाथै पेटको अन्य भागको समेत क्यान्सर हुने जोखिम बढ्दछ । 
  • साताको ३ देखि ४ पटक कम्तिमा २०–३० मिनेट शारीरिक व्यायाम गर्ने । सामान्य शारिरीक व्यामहरूमा छिटो छिटो हिड्डुल गर्ने, करेशाबारी वा बगैचामा काम गर्ने वा भ¥याङ्ग उक्लिने जस्ता कार्यहरु गर्न सकिन्छ । 
  • के यसको उपचार हुनसक्छ ?
  • ठूलो आन्द्रा र मलाशयका अर्वुदरोगका लक्षणहरु निकै कम मात्रामा मात्रै देखा पर्ने हुँदा रोगको नियमित परीक्षण गराउनु अत्यन्तै जरुरी हुन्छ । यस रोगको जाँच÷परीक्षण विशेषत दुई कारणले लाभदायक हुनसक्छ । 
  • यदि ठूलो आन्द्राका फोकाहरु (एयथिउक), जसले पछि क्यान्सरको रुप लिन सक्छन्, तिनलाई समयमै पत्ता लगाएर हटाउने,
  • यस रोगको उपचार तबमात्र सम्भव हुनसक्छ, जब यसलाई सुरुकै अवस्थामा पत्ता लगाउन सकिन्छ । 
     

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts