प्राध्यापक डा.केसी हावाहुरी प्रभावित क्षेत्रमा

बारा, १९ चैत । वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर गोविन्द केसी बाराको हावाहुरी प्रभावित क्षेत्रमा औषधि सहित पुगेका छन् ।
डा केसी औषधि बोकेर सोमबार राति नै काठमाडौंबाट प्रभावित क्षेत्रमा पुगेका हुन् । डा. केसीले बाराको फेटामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् ।
आइतबार साँझ आएको हावाहुरीका कारण बारामा मात्रै ६ सय ६३ जना घाइते भएका छन् भने घटनामा ३५ जनाको मृत्यु भएको छ ।
घटनामा परी बारा र पर्साका १ हजार ४४ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये ३ सय ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
Last modified on 2019-04-02 15:33:28