सिकलसेल एनिमिया रगत जाँच दोश्रो चरणमा



Download our app to get more features

बर्दिया, १९ चैत । सिकल सेल एनिमिया र थाले सिमिया रोग परिक्षणको लागि रगत संकल दोश्रो चरणको कार्यक्रम बर्दिया नगरपालिको बडा नं. ७ मा सुरु भएको छ । 

गत वर्षदेखि सुरु भएको रगत संकलन तथा जाँच कार्यक्रम बर्दियाका केहि वडाको जनताको मात्रै लक्ष्य लिए पनि हाल थप गरि बर्दियाको सम्पुर्ण वडाका एक वर्षदेखि उन्तीस वर्ष उमेर समुहका थारु समुदायका मानिसको रगत संकलन गरि रहेको छ । 

यो रोग लागेको व्यक्तिहरु धेरै सावधानि अपनाउनु पर्ने भएकोले जनचेतनाको धेरै महत्व रहेको । 

धेरै जसो थारु समुहदायमा देखिएको यो रोग विगत केहि वर्षहरुमा अन्य समुदायमा पनि देखिएको छ । यो रोग लागे पनि धेरै नै दुःख पाईने हुनाले लागि सके पछि आहार विहार, आनिबानि लगाएत धेरै कुमारमा ध्यान दिनु पर्ने डा. प्रमोद चौधरी बताउँछन् । 


 

Last modified on 2019-04-03 07:53:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts