राजधानी ल्याइएका बारा पर्सा दुर्घटनाका घाइतको उपचार सरकारले गर्ने 



Download our app to get more features

काठमाडौं, १८ चैत । बारा र पर्सा जिल्लामा आइतवार साँझ आएको विनाशकारी हावाहरीमा परि घाइते भएर राजधानी ल्याइएकाहरुको संघीय सरकारले निःशुल्क उपचार गरिदिने भएको छ । 

विपत्तिमा परी घाइते भएका मध्ये राजधानीको शिक्षण अस्पतालमा ल्याइएका ७ जनालाई भेट्न शिक्षण अस्पताल पुगेका शिक्षामन्त्री पोखरेलले घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन पनि दिनुभएको छ । 

घाइतेलाई भेटेपछि पत्रकारलाई प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले बारा पर्सा विपत्तिमा ज्यान गुमाउनेका परिवार र घाइतेलाई संघीय सरकारले कस्तो क्षतिपूर्ति वा राहत दिने भन्ने निर्णय बाराबाट गहृमन्त्री फर्किएसँगै गरिने बैठकबाट टुंग्याउने बताए । उनले घाइतेको उपचार राज्यले गर्ने भन्दै उपचारका बारेमा चिन्ता नगर्न घाइतेका परिवारजनलाई लाई आश्वासन दिए । 
 

Last modified on 2019-04-02 15:34:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts