बुटवलमा १५ शैयाको नयाँ अस्पताल सञ्चालनमा 



Download our app to get more features

रुपन्देही १८ चैत्र  मेडिकल सिटीको रुपमा परिचित प्रदेश ५ को बुटवलमा नयाँ अस्पताल सुरु भएको छ । २ करोड भन्दा बढीको लगानीमा १५ शैयाको  साझा अस्पताल प्रालि सञ्चालनमा ल्याईएको हो ।

अस्पतालका अध्यक्ष डा. शान्ता शर्माले आफ्नै भवनमा १५ शैयाको  २ करोडभन्दा बढीको लगानीमा अस्पताल सञ्चालनमा ल्याएको बताइन । डा शर्माका अनुसार  नेपाल सरकार स्वास्थ्य मन्त्रालयको  मापदण्ड अनुसार अस्पताल  सुरु गरिएको हो । 

१४ जना विशेषज्ञ चिकित्सक सहित २४ सै घण्टा सेवा प्रदान गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको सञ्चालक डा. इन्द्र ढकालले वताए । सेवा आरम्भ गरेको अवसरमा अस्पतालले निःशुल्क विशेषज्ञ परामर्श सेवा समेत प्रदान गर्ने भएको छ । साझा जनरल होलबडी प्योकजमा २ हजार २सय, साझा होल बडी स्पेशल प्योकजमा ३ हजार ५ सय रुपैयाँमा सेवा उपलब्ध गराइने भएको डा. ढकालले बताए ।

अस्पतालमा मेडिकल, सर्जिकल, हाडजोर्नी, स्त्रीरोग, नशा रोग, बालरोग लगायतका सेवा प्रदान गरिने छ । आवश्यक्ता अनुसार आईसीयु, एनआईसीयुको सेवा सहित एम्बुलेन्स समेत सञ्चालन गर्ने योजना बनाइएको अस्पतालले जनाएको छ । 

Last modified on 2019-04-01 13:52:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts