नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको हेलिकप्टर बारामा
काठमाडौं, १८ चैत । नेपाल मेडिसिटी अस्पतालले चिकित्सक सहित आवश्यक मेडिकल उपकरण सहितको हेलिकप्टर बारा पठाएको छ ।
बारामा गएराती भएको भिषण हावाहुरीका कारण दूर्घटनामा परेका घाइतेहरुको उद्दार एवं उपचारका लागी नेपाल मेडिसिटी अस्पतालले आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली बारा पठाएको हो ।
त्यसैगरी अर्को मेडिकल टोली भेन्टिलेटर सहितको एम्बुलेन्समा त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखिएको छ ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो पनि बिरामीहरुको आवश्यक सहयोग र समन्वयका लागि यतिबेला बारामा छन् ।
Last modified on 2019-04-01 12:42:51