असिना पानी र हावाहुरीमा परि घाइतेको उपचारमा रगत अभाव



Download our app to get more features

बारा, १८ चैत । हावाहुरी र असिना पानीका कारण बारा र पर्सामा घाइते भएकाहको उपचारमा रगत अभाव भएको छ । 

आइतबार राति आएको असिना पानी र हावाहुरीका कारण झन्डै ५ सय जना घाइते भएका छन् । उनीहरुको उपचार विभिन्न अस्पतालमा भइरहेको छ । तर, घाइते अधिकांशलाई रगत दिनुपर्ने तर, बारा र विरगञ्जका अस्पतालमा रगत अभाव हुँदा उपचारमा समस्या भइरहेको छ ।

घाइतेको संख्या बढि भएका कारणले घाइतेलाई भूइँमा राखेर उपचार गर्नु परेको छ ।

घाइतेको उपचारमा कुनै अभाव र समस्या नहोस् भनेर प्रदेश २ का मन्त्रीहरु रगत दान गर्न भन्दै अस्पताल पुग्दै छन् भने सर्वसाधारणलाई पनि रगत र राहतका लागि आग्रह गरिएको छ ।

साथै प्रदेश २ को आज विहानै बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने पनि निर्णय गरेको प्रदेश २ का भौतिक योजना मन्त्री जितेन्द्र सोनलले बताएका छन् ।

Last modified on 2019-04-01 14:13:05


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts