हावाहुरीसँगै आएको असिना पानीले बारा र पर्सामा गरि कम्तिमा २७ जनाको मृत्यु
घाइते ५ सय भन्दा बढिको विभिन्न अस्पतालमा उपचार हुँदै

बारा, १८ चैत । बारा र पर्साका विभिन्न ठाउँमा हावाहुरीसँगै आएको असिना पानीका कारण कम्तिमा २७ जनाको मृत्यु भएको छ ।
आइतबार साँझ आएको हावाहुरी र असिना पानीका कारण झन्डै ५ सय जना घाइते भएको बाराका प्रहरी प्रमुख डीएसपी हेम बहादुर शाहीले बताएका छन् ।
घाइते मध्ये केहि उपचार पश्चात घर फर्केका छन् भने अन्यको वीरगञ्जको गण्डक, नारायणी अस्पताल, बारा जिल्ला अस्पताल र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
जनशक्ति अभावका कारण घाइतेको उपचारमा समस्या भइरहेको बारा जिल्ला अस्पताल स्रोतले जनाएको छ ।
घटनास्थलमा उद्दार कार्य जारी रहेको र मृतकको संख्या अझ बढ्न सक्ने डीएसपी शाहीले हाम्रो डाक्टरलाई बताए ।
उनले भने, ‘रातिको समय भएकोले उद्दार कार्यमा समस्या भएको थियो । तर, अब उज्यालो भइसकेको अवस्थामा उद्दार कार्य सहज हुने छ ।’